24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

सिके राउतसहित स्वतन्त्र मधेश गठवन्धनका ४ जना कार्यकर्ता विरुद्ध मुद्दा चलाउने तयारी

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

राजविराज । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनका ४ जना कार्यकर्तालाई सप्तरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
राजबिराज नगरपालिका ११ फर्सेटका २३ वर्षिय श्याम कुमार यादव, १९ वर्षिय सरोज कुमार यादव, सप्तकोशी नगरपालिका १० का १९ वर्षिय अबिनास पण्डित र तिलाठी कोईलाडी गाउँपालिका २ का २८ वर्षिय शुशिल मण्डललाई वालवालिका ऐन २०७५ अन्तर्गत ‘वालवालिका दुरुपयोग कसुर’ मा मुद्दा चलाउन लागिएको हो ।
बलिदान दिवस मनाउने क्रममा शनिवार चारै जनालाई राजविराज ११ स्थित झलही पुल आसपासवाट पक्राउ गरिएको थियो । उनीहरुको साथवाट ‘फ्रि मधेश’ लेखिएको व्यानर वरामद भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।उनीहरुले विद्यालय जाने उमेरका वालवालिकालाई प्रलोभनमा पारेर कार्यक्रममा सहभागि गराएको पाईएपछि पक्राउ गरिएको उनले वताए ।उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     9:51:01 PM  |

प्रतिक्रया दिनुहोस्