22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

४० किलो चरेससहित दुई भारतीय पक्राउ

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

कपिलवस्त । ठूलो परिमाणको लागूऔषध चरेस सहित दुई जना भारतीय नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले जिल्लाको कपिलवस्तु नगरपालिका १, बहादुरगञ्जचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल ग्राम परेउवा बस्ने वर्ष २६ का ताहिर अली र सोही ठाउँ घर भई हाल नेपालको कपिलवस्तु जिल्ला कृष्णनगर १ बस्ने ३२ वर्षीय मोहमद आलम रहेका छन् । शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई चेकजाँचका क्रममा ३ वटा झोलामा ४ वटा आकाशे रङको प्लाष्टिकको ग्यालेनभित्र लुकाएको अवस्थामा चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको सूचना प्रवक्ता रबि रावलले जानकारी दिनुभयो । बरामद गरिएको लागू औषध चरेसको नेपाली बजार मूल्य करीब १२ लाख पर्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । चरेस काण्डमा संलग्न अरु व्यक्तिहरुको बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     9:54:12 PM  |

प्रतिक्रया दिनुहोस्