19 July 2019  |   शुक्रबार, साउन ३, २०७६

मेलम्ची खानेपानी; सीएमसी र सरकारबीचको ठेक्का रद्द,सरकारले धरौटी जफत

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालीको सीएमसी कम्पनीसँग ठेक्का रद्द गरेको छ । ठेक्का रद्द भएसँगै कम्पनीको धरौटी सरकारले जफत गर्ने भएको छ । 

कम्पनीले क्षतिपूर्ति माग गरेको ३६ करोड रुपैयाँ सरकारले नतिरेपछि कम्पनीमा आर्थिक सङ्कट देखिएको भन्दै म्पनीले सरकारलाई पुस २ गते क्षतिपूर्ति नतिरे काम गर्न नसक्ने बताउँदै पत्र पठाएको थियो ।यसपछि आयोजनाको काम ठप्प पार्दै सीएमसीका प्रतिनिधि इटाली जान लागेको अवस्थामा खानेपानी मन्त्रालयले उनीहरुलाई रोकेको थियो ।

“इटाली दूतावासको सहयोगमा नयाँ वर्ष मनाएर आउने शर्तमा हामीले प्रतिनिधिलाई विदेश जान दिएका हौं,” खानेपानी मन्त्रालयका एक उच्च अधिाकारीले भने, “तर कम्पनीबाट काममा फर्किने फोन वा ई–मेल केही नआएपछि कम्पनीलाई कारबाही गर्न र आयोजनालाई कसरी अघि बढाउने भन्नेमा अन्योल थियो । मन्त्रालय र आयोजनाको छलफलपछि सीएमसीलाई हटाउने निर्णय गरेका हौं । यसबारे सीएमसीलाई जानकारी दिइसकेका छौं ।”

सीएमसीसँग ठेक्का तोडिएपछि अब अर्को निर्माण कम्पनीलाई टेन्डर दिइने मन्त्रालयले जनाएको छ । -baahrakhari

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     10:00:59 PM  |

प्रतिक्रया दिनुहोस्