12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

एक महिनाभित्र कर्मचारी समायोजन गर्ने सरकारको तयारी

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

काठमाडौं । सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउ“दो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ ।

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । फारम नभर्ने कर्मचारीको जेष्ठता लगायत हेरेर समायोजन गरिने उहाँ“ले बताउनुभयो । खटाएको पत्र लिएर २१ दिनसम्म सिंहदबारमै बसेर फिल्डमा नजाने कर्मचारीलाई पनि कारवाही गर्ने मन्त्रालयले जनाएको छ । सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्ने समेत सरकारले तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन् । मन्त्रालयका अनुसार ७७ हजार कर्मचारीले फारम भरेका थिए । अनलाईन मार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्याकं एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थालिने भएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अहिले फाराम भरेका कर्मचारीहरुको डाटा प्रोसेसिङ भइरहेको छ । यो काम सकिएपछि ‘सम्भवतः अर्को साताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु गर्ने तयारी मिलाइएको छ।

सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने पनि मन्त्रालयले जनाएको छ । तीनै तहमा कर्मचारी पदपूर्ति गर्न मन्त्रिपरिषदबाट दरबन्दी स्वीकृत पनि भइसकेको छ । केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो ।

निजामती सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद सचिवालय सम्वन्धी ऐन २०६४ बमोजिम गठन भएका सेवाका सरकारी सेवाका कर्मचारी र अन्य स्थानीय निकायबाट नियुक्ति पाएका हाल स्थानीय तहमा काम गर्ने कर्मचारी समायोजनमा जाने छन् ।-नेपाल समाचारपत्र

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     6:57:47 AM  |

प्रतिक्रया दिनुहोस्