22 September 2019  |   आइतवार, अशोज ५, २०७६

डलर सटहीमा कडाइ

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

काठमाडौं। अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । 

चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो ।

यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भित्र्याएका छन् ।

नेपाल राष्ट्र बैंकले शिक्षा, अप्रवासन, स्वास्थ्य लगायतका प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     7:15:22 AM  |

प्रतिक्रया दिनुहोस्