24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

पुर्व राजारानीको आगामी हप्ता सिमरा र दमक भ्रमण हुने

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

काठमाडौ । पुर्व राजारानी आगामी साता बारा र झापा भ्रमणमा निस्कनु हुने भएको छ ।

व्यक्तिगत भ्रमणका क्रममा पुर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल आगामी हप्ता बाराको सिमरा र झापाको दमक भ्रमणका लागि जान लाग्नुभएको हो ।

दरवार स्रोतका अनुसार पुर्व राजारानीको यो नितान्त पारिवारिक र व्यक्तिगत भ्रमण रहेको बताइएको छ । बिगत लामो समयदेखि धार्मिक भ्रमण गर्दै आउनु भएका पुर्व राजारानीले यश पटक पनि त्यहाँस्थित विभिन्न धार्मिक स्थलमा पुजाआजा गर्ने बुझिएको छ ।

पुर्व राजारानीको भ्रमण हुने भनिएपछि सिमरा र दमकमा स्थानीयहरु खुशी भएका छ्न । लामो समयपछि पुर्व राजारानीको दर्सन गर्न पाउने भएपछि त्यहाँका स्थानीय नागरिकले स्वागतको लागि तयारीमा जुटेको बताइएको छ ।

पुर्व राजारानीको यो व्यक्तिगत भ्रमण भनिएपनी त्यहाका विभिन्न राजाबादी,राष्ट्रवादी ,हिन्दुबादीहरुले स्वागत सत्कार सहित भेटघाट गर्ने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     8:21:07 AM  |

प्रतिक्रया दिनुहोस्