24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

वर्षकै पहिलो र दुर्लभ चन्द्रग्रहण आज मध्यराती देखिने

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

काठमाडौ । वर्षकै पहिलो र दुर्लभ चन्द्रग्रहण आज मध्यराती देखिने भएको छ । प्रत्येक वर्ष रातो र ठूलो चन्द्रग्रहण नलाग्ने हुनाले आज देखिने चन्द्रग्रहणलाई दुर्लभ मानिएको हो ।

विश्वको सबै कुनाबाट ‘सुपर ब्लड वुल्फ मुन’ रातो र ठूलो चन्द्रग्रहण देख्न सकिने वैज्ञानिहरुको भनाई रहेको छ । ग्रहणलाई नेपाली समयअनुसार १२ बजेर ३६ मिनेटमा देख्न सकिनेछ ।

रात परिसकेको मुलुकमा भने चन्द्रग्रहण देखा परिसकेको छ । विशेषगरी उत्तर तथा दक्षिण अमेरिका, यूरोप र अफ्रिकाबाट यस चन्द्रग्रहण प्रस्ट देख्न सकिनेछ । आज चन्द्रमा ठूलो र रातो देखिनेछ ।

 

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     4:23:13 PM  |

प्रतिक्रया दिनुहोस्