19 August 2019  |   सोमवार, भदौ २, २०७६

धर्मको व्यापारले सनातनी धर्ममाथि निरन्तर आक्रामक भयो – कमल थापा

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पैसाको प्रलोभनमा धर्मको व्यापार भएको टिप्पणी गरेका छ्न । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा थापाले पैसाको लोभलालचमा धर्मको व्यापार हुनु दुर्भाग्य भएको बताए ।

पत्रकार सम्मेलन अध्यक्ष थापाले भने, नेपालमा केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको छन्,सचेत हुन जरुरी छ ।

अध्यक्ष थापाले पैसाको लोभलालचमा पारेर लाखौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम रोक्न सरोकारवाला निकाय र आम नागरिक सचेत हुन आवस्यक भएको बताए ।

अध्यक्ष थापाले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सबै ठूला पार्टीको संलग्नता रहेको आरोपसमेत लगाए ।

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     6:54:54 PM  |

प्रतिक्रया दिनुहोस्