24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि राप्रपाको घरदैलो कार्यक्रम, देशभर उत्साहजनक सहभागीता (तस्वीर सहित)

    | प्रकाशित मितिः सोमवार, माघ ७, २०७५  

काठमाडौ । राप्रपा नेपालले हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि सोमबारदेखि देस्गभर जनजागरण अन्तर्गत कार्यक्रम स्वरुप घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। घरदैलो कार्यक्रममा देशभर जनताबाट प्राप्त सदभाव र एक्यबद्धता अत्यन्त उत्साहजनक पाइएको राप्रपाले जनाएको छ।

राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता र समानता सहितको सनातन (हिन्दु, बौद्ध र किराँत)धर्म सापेक्ष हिन्दुराष्ट्र नेपालको पहिचान र एकताको आधार भएको भन्दै राप्रपाले यो अभियान थालेको हो। धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रूपले यो आधारलाई समाप्त पार्ने षडयन्त्र भैरहेको यथार्थ प्रति सचेत हुंदै हिन्दुराष्ट्र पुनर्स्थापनामा सहयोग गर्न सबैमा सादर अपिल गरेको छ ।

हिन्दुराष्ट्र हुने भनेको सबैले हिन्दुधर्म मान्नुपर्छ भनेको होइन, धर्मको आधारमा शासन गर्ने भनेको होइन। हिन्दुराष्ट्र भयो भने नेपाली पहिचान, संस्कृति र एकता बलियो हुन्छ। सामाजिक सांस्कृतिक सदभाव र एकता बलियो हुन्छ। सनातन वैदिक मान्यता सुदृढ हुन्छ। सम्बृद्ध नेपाल निर्माणको जग बलियो हुन्छ। त्यसैले, आमजनताको भावना र चाहनाको सम्मान गर्दै हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने वारे अब बिलम्ब नगरौं,राप्रपा नेपालले भनेको छ ।

प्रकाशित मितिः सोमवार, माघ ७, २०७५     7:03:01 PM  |

प्रतिक्रया दिनुहोस्