19 August 2019  |   सोमवार, भदौ २, २०७६

दूतावास खोल्न कतै हतार, कतै सुरसार नै छैन

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडौं । करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एक आपसमा खुसीयाली साटासाट गरे । तर, कूटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्को भयो । 

कूटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो ( ‘पर्याप्त गृहकार्यबिना हचुवाका भरमा राजनीतिक भागवण्डा मिलाउन त्यहाँ दूतावास खोलिएको सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्वक आर्थिक भार थपिपयो ।’

२ वर्षअघि २०७३ फागनु दोस्रो साता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले स्पेनमा दूतावास खोल्ने निर्यण गरेको थियो । जब अन्य मुलुकमा दूतावास र कुटनीतिक नियोग स्थापनाको खाँचो आँैल्याइन्छ तब कुटनीतिक वृत्तमा फेरी स्पेनको उदाहरण दोहो¥याउने गरिन्छ । स्पेन मात्रै होइन त्यहाँभन्दा झनै बढी नेपालीहरुको उपस्थिती रहेको इटाली, पोर्चुगल, इराक, टर्कीजस्ता मुलुकबाट पनि वर्षौ अघिदेखि दूतावासको माग हुँदै आएको छ । तर यी मुलुकबारेको प्रकृया खासै अघि नबढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालसँग सिधा हवाई उडान गर्ने एक मात्र यूरोपेली मुलुक टर्की अन्तर्राष्ट्रिय व्यापारिक कारोबारमा विश्वको १६ औं राष्ट्रमा सूचिकृत भइसकेको छ । सिधा उडान जोडिएसँगै सो मुलुकसँग नेपालले पछिल्ला वर्षमा बार्षिक करिव ८ अर्बको बैदेशिक व्यापार गर्दै आएको छ । टर्कीसँगको कुटनीतिक सम्पर्क नेपालले अहिले पाकिस्तानस्थित नेपाली दूतावासमार्फत नियाल्दै आएको छ ।

यसैगरी समग्र ल्याटिन अमेरिकी मुलुकभरी ब्राजिलमा मात्रै नेपाली दूतावास खुलेको छ भने अफ्रिकी महादेशमा दक्षिण अफ्रिका र इजिप्टमा मात्रै नेपालको औपचारिक उपस्थिती छ । नेपालीहरुको उपस्थिती, द्धिपक्षिय व्यापार, राजनीतिक, सामरिक, साँस्कृतिक, परम्परागत र जनस्तरको सम्बन्धलाई जोड्न दूतावास र नियोग स्थापना हुँदै आएका छन् । यससँगै दूतावास स्थापना हुने मुलुकको अन्तर्राष्ट्रिय र क्षेत्रीय पहुँचलाई आफ्नो मुलुकले लिन सक्ने संभावित लाभलाई पनि ध्यान दिइन्छ ।

नेपालले अहिलेसम्म विभिन्न ३० मुलुकमा आवासीय दूतावास स्थापना गरेको छ भने अमेरिकाको न्यूयोर्क, स्वीजरल्यान्डको जेनेभा र अस्ट्रियाको भियनामा स्थायी प्रतिनिधी खटाउँदै आएको छ ।

-नेपाल समाचारपत्र

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     6:51:38 AM  |

प्रतिक्रया दिनुहोस्