14 June 2019  |   शुक्रबार, जेष्ठ ३१, २०७६

सक्रियता बढाउदै पूर्व राजा ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडौं । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो ।

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उहा सिमराबाट पूर्वी तराईको भ्रमण गर्नुहुने भएको छ ।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ ।

दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उहाले आफु निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको छ ।

दमकमा पूर्वरानी कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको छ । फागुन ७ गते कोमलको जन्मदिन हो । दमक रहदा आफ्नै स्वामित्वमा रहेको दमक स्थित हिमालय टि स्टेटमा बस्ने कार्यक्रम रहेको छ । मध्य तराई र पूर्वको एक महिना लामो भ्रमणको योजना बनाएका पूर्व ज्ञानेन्द्रले दमक बस्दा पूर्वाञ्चल र सिमरामा बस्दा तराईका राप्रपा र आफु निकटका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अघिल्लो वर्ष दमक पुगेका पूर्वराजाले तीनवटै राप्रपाका तेस्रो तहका नेतासंग भेट गरी सबै राप्रपा एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न आग्रह गर्नुभएको थियो । लगत्तै ती नेताले राप्रपाभित्र एकता आवश्यक रहेको बताउदै पार्टी एकता गर्न लबिङ गरेका थिए ।

गत पु्स २ गते पोखरा पुग्नुभएका ज्ञानेन्द्रले भेट गरेका अधिकांस नेताहरुले हिन्दु धर्म र राजतन्त्रलाईसंगै लैजानुपर्ने विषयमा बहस गरेका थिए । त्यहा अधिकांस नेताले ज्ञानेन्द्रलाई हिन्दुराज्य कायम गर्न सक्रिय हुन सुझाव दिएका थिए । लगत्तै योजनाबद्ध रुपमा मध्य तराई र पूर्वाञ्चलको भ्रमण तय गर्नुभएको हो ।

पूर्व राजाका संवाद सचिव डा. फाणिराज पाठकले निजी भ्रमणको सिलसिलामा सिमरा र दमक जान लाग्नुभएको जानकारी दिनुभयो । –नेपाल समाचारपत्र

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     6:53:36 AM  |

प्रतिक्रया दिनुहोस्