17 February 2019  |   आइतवार, फाल्गुन ५, २०७५

मेलम्चीको काम एडीबीले अघि बढाउने, इटालियन ठेकेदार कम्पनीको दिनगन्ती सुरु

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क (एडीबी) सँग गरेको जनाएको छ ।

समिति र एडीबीको सोमबारको बैठकमा कम्पनी नआएर विभाजन गरी काम अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी डी–रेभेन्नालाई सम्झौता रद्द गरिएको पत्र १४ दिनको म्यादसहित पठाइएपछि अबको कामका बारेमा समितिले छलफल गरेको हो ।

पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । -गाेरखापत्र
प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     7:20:13 AM  |

प्रतिक्रया दिनुहोस्