15 August 2019  |   बिहिबार, साउन ३०, २०७६

प्रस्तावित तीनजना राजदूतको नाम अनुमोदन

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित तीनजना राजदूतको नाम सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वीट्जरल्यान्डका लागि मणि भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना र कुवेतका लागि दुर्गा प्रसाइँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि, गत बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकले थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको नाम सर्वसम्मतिले पारित गरेको थियो ।

 

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     3:55:14 PM  |

प्रतिक्रया दिनुहोस्