24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

नयाँ शक्तिले ‘असल राजनीतिका लागि एक महिना’ अभिया थाल्ने

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले असल राजनीतिका लागि एक महिने अभियान सञ्चालन गर्ने भएको छ ।

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुने बताइएको छ ।

अभियानमा पार्टीका संयोजक भट्टराईले मध्य पहाडी र पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । ‘नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोशेढुंगापछि यसलाई सांगठनिक कोशेढुंगा बनाउँदैछौं,’ अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक डा. भट्टराईले बताएका छन् ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७ सय ७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रियारछलफल गरिने उनले स्पष्ट पारे ।

उनले स्थानीय तहदेखि नै असल राजनीतिका लागि एउटा जागरणको आवश्यकता देखिएकोले अभियान सञ्चालन गर्न लागिएको बताए ।

 

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     4:01:55 PM  |

प्रतिक्रया दिनुहोस्