21 February 2019  |   बिहिबार, फाल्गुन ९, २०७५

विवादमा मुछिएको वर्षदिन पछि बोर्डको अन्तरक्रिया,सरोकारवालाले दिए यस्तो सुझाव !

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

इन्दु केसी (सुखड) कैलाली । विवादमा मुछिएको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गठन भएको १ बर्षपछि पहिलो पटक सरोकारवाला निकायसंग अन्र्तक्रीया गरेको छ ।

बोर्डले घोडाघोडीको विकासका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारे मंगलबार पहिलो पटक सरोकारवाला निकायसंग छलफल गरेको हो ।  कार्यक्रमका सहभागिहरुले घोडाघोडीको विकासका लागी गुरु योजना बनाइ अघि बढ्न सुझाव दिएका छ्न ।

कार्यक्रममा घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले जैबिक पक्ष नमासेरै कसरी पर्यटन विकास गर्न सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने बताउनुभयो । उहाँले विकासका नाममा जैविक विविधता मास्नु हुदैन,यसको संरक्षण सहित कसरी बिकासको काम अघि बढाउन सकिन्छ,यस बारेमा ध्यानाकर्षण हुन जरुरी छ भन्नुभयो । उहाले गुरु योजना बनाएर आगाडी बढे बिकास गर्न सकिने कुरामा समेत जोड दिनुभएको छ । अहिले पहिलो प्राथामिकतामा घोडाघोडीमा गेट निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नगरपालिकाका निमित्त प्रसासकिय अधिकृत वसन्त बोहोराले बिकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । बिरोध गर्नुभन्दा पनि बिकास हुन्छ भने त्यसलाइ सकारात्मक रुपमा लिनुपर्ने उहाको भनाए थियो ।

कार्यक्रममा घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले गेटलाइ दिगो सम्म जाने योजना ल्याउनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,कम्तिमा पनि २० बर्ष सम्म  ढुक्क हुने खालको गेट बनाउनुपर्छ ।

घोडाघोडी उद्योग बाणिज्य संघका उपाध्यक्ष्ँ नन्दराम सापकोटाले  घोडाघोडी मन्दिरमा भक्तजनले चडाएको रकम, मेला महोत्सब गरेको रकम जम्मा गर्नका लागि एउटा कोष बनाउन आवश्यक रहेको बताउनुभयो ।

घोडाघोडी संरक्षण  तथा जनजागरण  मञ्चका अध्यक्ष दिपेन्द्र शाहीेले अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाइ अगाडि बढ्नुपर्ने सुझाब दिनुभयो । उहाले सबैभन्दा पहिले एकद्वार  प्रणालिको रुपमा आउदा बिकास गर्न सकिने बताउनुभयो । संरक्षणको पाटोमा लागेका संस्थाहरुले पारिस्थितिक  नैतिकता नगुमाइ जिम्मेवार समाले विकास गर्न कठिन नभएको उहाको भनाइ थियो ।

कर्यक्रममा बोल्दै बिराट सनातन धर्म संस्कृति प्रतिष्ठानका महासचिब  कृष्ण मिश्रले छाता सङगठन बनाएर एउटै योजना मार्फत काम  गर्नुपर्ने बताउनुभयो । घोडाघोडीमा नया दृश्यहरुको बिकास गर्न सके पर्यटन भित्रीने कुरामा उहाको जोड थियो ।

कार्यक्रममा बोल्दै फेकोफन घोडाघोडीका अध्यक्ष मैना ढकालले घोडाघोडीमा मेला लगाइन्छ त्यसमा ब्यवस्थापन  समिती गठन  हुन आवश्यक रहेको बताउनुभयो । फोहोर ब्यवस्थापन, पिकनिक स्पोटलाइ ब्यवस्थित बनाउनुपर्नेमा उहाको जोड थियो ।

कार्यक्रममा पत्रकार लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको सहजिकरण घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     4:17:02 PM  |

प्रतिक्रया दिनुहोस्