|
प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५
काठमाडौं । राजधानीको गोंगबुमा प्रहरीले गोली चलाएर हतियार कारोबारी काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ ।
उनलाई गोंगबुको होटल नक प्रा.लि. मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।
तामाङसँग प्रहरीको जम्काभेट हुँदा उनी प्रहरीमाथि जाईलागेपछि गाेली चलाउनु परेको प्रहरीले जनाएको छ । लामाङको खुट्टामा गोली लागेको छ ।उनीबाट ६ राउण्ड गोलीसहित एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङ तत्कालीन माओवादी लडाकु भएको प्रहरीले जनाएको छ ।