14 August 2019  |   बुधबार, साउन २९, २०७६

५० हजार घुससहित मालपोतका कर्मचारी पक्राउ

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेका अनुसार मालपोतका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ । रासस

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     8:54:42 PM  |

प्रतिक्रया दिनुहोस्