24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

खुकुरी प्रहार गरी भतिजले गरे काकीको हत्या

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा मंगलबार भतिजले काकीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । नीलकण्ठ नगरपालिका,१४ स्थित धुवाकोट, रातमाटेकी २५ वर्षीय मनिका आले मगरको भतिजो नाता पर्ने सुमन आले मगरले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

१६ वर्षीय सुमन आले मगरले मनिकाको गर्धनमा खुकुरी प्रहार गरेकाे र उनकोे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । खुकुरी प्रहार गर्ने सुमन आले मगर फरार रहेको र घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     8:58:44 PM  |

प्रतिक्रया दिनुहोस्