22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताए ।  

उनले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिए । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ । श्रम स्वीकृति लिनको लागि प्रकृति हेरेर निश्चित दस्तुर तिर्नुपर्ने कार्यालय प्रमुख जोशीले बताए । रासस

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     6:17:03 AM  |

प्रतिक्रया दिनुहोस्