21 February 2019  |   बिहिबार, फाल्गुन ९, २०७५

छोरी बेचेको आरोपमा बाबुसहित तीनजना पक्राउ

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

नुवाकोट । नुवाकोटमा छोरी बेचेको आरोपमा प्रहरीले बाबुसहित तीन जनालाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका, ६ समुद्रटारकी १५ वर्षीय बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्‍याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको मगरले जानकारी दिए । प्रहरीले  उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     6:29:25 AM  |

प्रतिक्रया दिनुहोस्