12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

भारतसँग सीमा जोडिएको सोमेश्वरगढीमा विप्लव माओवादीको काँडेतार

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

चितवन । भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ। पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल ९क्रान्तिकारी० को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको हो।

१९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको छ। राष्ट्रियता र जनताको जनजीविकाको पक्षमा विप्लव माओवादीले आवाज उठाउँदै आएको भन्दै केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपालको सीमा रक्षाका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए। उनले सीमा रक्षाका लागि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

माडी नगरपालिका–५ सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको शुरुआत गरिएको अखिल ९क्रान्तिकारी० का केन्द्रीय महासचिव प्रकाश शाहीले बताए। भारतले सीमा मिच्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले काँडेतार लगाउन बाध्य भएको नेपाल समाचारपत्रलाई बताए। नेपाली झन्डासहित काँडेतार लगाएर सरकार र भारतलाई खबरदारी गरिएको उनको भनाइ छ।

विप्लव माओवादी माडी नगरपालिकाका इन्चार्ज टीका न्यौपानेले नेपाल भारत सीमा सोमेश्वर क्षेत्रको दश गजामा सीमा मिचेका कारण काँडेतार लगाएको बताइन्। देशभरका सीमाना मिचिइरहेको बेला सांकेतिक विरोधस्वरूप ३० मिटर सीमानामा काँडे तार लगाइएको उनले बताइन्। माडीको सोमेश्वरगढी धार्मिक तथा ऐतिहासिक क्षेत्र हो। नेपाल र अंगे्रजबीच लडाइँको समयमा सो क्षेत्रमा गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो। -nepal samacharpatra

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     7:05:35 AM  |

प्रतिक्रया दिनुहोस्