12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

प्रहरी इन्काउन्टरमा मारिए तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवाल

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

काठमाडौं ।सप्तरीमा गएराति प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भएको छ । प्रदेश नम्बर २ प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार प्रदेश प्रहरी कार्यालयको गस्तीमा रहेको टोलीसँगको दोहोरो भिडन्तमा जयसवालको मृत्यु भएको हो ।

केही दिन अगाडी सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन्। जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । उनी प्रहरीको खोजी सूचीमा थिए ।

‘मोस्ट वान्टेड’ सूचीमा रहेका उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।जयसवालकै टोलीले सप्तरीको विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र यादवलाई गोली प्रहार गरेको थियो । हवल्दार यादव अहिले उपचाररत छन् ।

प्रहरीले उनलाइ नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। जवाफी कारबाहीमा जैसवालको मृत्यु भएको २ नम्वर प्रहरी प्रमुख डिआइजी हरिपालले जानकारी दिए।

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     7:11:24 AM  |

प्रतिक्रया दिनुहोस्