20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

डाभोस सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन, आर्थिक रुपान्तरणमा छिट्टै फड्को मार्ने दाबी

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक ,सामाजिक क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मारेको बताएका छ्न ।उनान्नब्बे  नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्वीजरल्यान्डको डाभोसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको पनि बताए । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनले उल्लेख गरे । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउनसकेसम्म प्रयास गरिरहेको बताए ।

उनको नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको पनि बताए । नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानुन जारी भएको भन्दै उनले अन्तर्राष्ट्रिय लगानीका निम्ति आह्वानसमेत गरे ।

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     10:24:47 AM  |

प्रतिक्रया दिनुहोस्