14 August 2019  |   बुधबार, साउन २९, २०७६

सातवटै प्रदेशमा रहेका स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

काठमाडौं । स्वास्थ्य मन्त्रालयले संघीयता कार्यान्वयनका क्रममा प्रदेशअन्तर्गत गएका कार्यालय र अस्पतालहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री तथा सचिवहरूलाई अधिकार प्रत्यायोजन गरिएको स्वास्थ्य सचिव चन्द्रकुमार घिमिरेले बताए ।

मन्त्रालयले स्वास्थ्यसेवा ऐनले दिएको सरुवा, बढुवा, पदस्थापन, बिदा स्विकृतलगायतका अधिकार यस अगाडि नै दिइसकेको थियो । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अञ्चल, उपक्षेत्रीय र आयुर्वेद अस्पताल गरी दुई सय ४९ स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् ।

सचिव घिमिरेका अनुसार सात वटै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाल, प्रदेश आपूर्ति केन्द्रहरु प्रदेश सरकारको मातहतमा गएका छन् । यो निर्णयले संघीय संरचनामा ठुलो सहयोग पुगेको सचिव घिमिरेले बताए ।

३१ असार ०७५ को मन्त्रीपरिषद्को निर्णय र ९ पुसमा स्वीकृत संगठन संरचनअनुसार प्रदेश तहका अञ्चल र उपक्षेत्रीय अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, तालिम केन्द्र, प्रयोगशाला, मेडिकल स्टोरसहित आयुर्वेद केन्द्र, आपूर्ति केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

१५ बेडमुनिका अस्पताल, स्वास्थ्यचौकी र प्रथामिक स्वास्थ्यकेन्द्र भने यसअघि नै स्थानीय सरकारलाई हस्तान्तरण भइसकेकको छ ।

 

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     6:50:55 PM  |

प्रतिक्रया दिनुहोस्