26 August 2019  |   सोमवार, भदौ ९, २०७६

८० हजार घुस रकमसहित दुई जना इन्जिनियर अख्तियारको फन्दामा

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

रुपन्देही । रुपन्देहीमा ८० हजार घुस रकमसहित दुई जना इन्जिनियर अख्तियारको फन्दामा परेका छ्न ।

बुधबार रुपन्देहीको शुद्धोदन गाउँपालिकामा कार्यरत इन्जिनियर कपील अर्याल र सव-इन्जिनियर लक्ष्मण ढुंगाना पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिएबापत घुस रकम मागिरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् ।

उनीहरू दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएर गएको टोलीले ८० हजार घुससहित रंगेहात समातेको अख्तियारले जनाएको छ ।

समातिएका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा ३को उपदफा १ अनुसार जरिवाना र कैद सजायको मागदावी गर्दै अख्तियारले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     7:04:25 PM  |

प्रतिक्रया दिनुहोस्