14 October 2019  |   सोमवार, अशोज २७, २०७६

तनहुँका प्रमुख न्यायाधीशलाई न्याय परिषदमा झिकाइयो

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

काठमाडौं । न्यायमा विचलनको गुनासो आएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको निर्देशन अनुरुप तनहुँका प्रमुख न्यायाधाीश ओमकार उपाध्यायलाई न्याय परिषदमा झिकाइएको छ ।

उपाध्याय विहीबारदेखि न्याय संपादनको कामबाट अलग हुनेछन् । सर्वोच्च अदालत स्रोतका अनुसार उपाध्यायको इजलासबाट भएका फैसला र मुद्दामा छानविन नसकिउञ्जेल परिषदमै हाजिर गराइने भएको छ । उपाध्याय तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश हुन् । ‘उहाँमाथि मौखिक गुनासा र उजुरी थिए ।

प्रारम्भिक अध्ययनपछि तत्कालका लागि परिषदमा हाजिर गराउने भन्ने भएको छ । छानविनबाट सफाई भएमा पूर्ववत् काममा फर्कनुहुने छ, ।’ उपाध्याय गत साउनमा मात्रै तनहुँमा सरुवा भएर गएका थिए ।

परिषदले तनहुँ जिल्ला अदालतबाट शंकास्पद मुद्दाका मिशिल पनि झिकाएर जाँच गर्ने भएको छ । यसअघि ३८ केजी सुन प्रकरणको मुद्दामा भएका आदेशलाई लिएर विराटनगर उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीशमाथि छानविनका लागि परिषदमा झिकाइएको थियो ।

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     11:51:18 PM  |

प्रतिक्रया दिनुहोस्