20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

भेनेजुयलाको कार्यकारी राष्ट्रपतिमा विपक्षी नेता गोइदोलाई अमेरिकि राष्ट्रपाति ट्रमको समर्थन

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

काठमाडौ । भेनेजुयलामा सरकारविरुद्ध जारी पर्दशनकाबीच अमेरिकि राष्ट्रपाति डोनल्ड ट्रमले विपक्षी नेता खुवान गोइदोको समर्थन गर्दै अन्तरिम राष्ट्रपतिको लागि मान्यता दिएका छ्न ।

ट्रमले ट्विट गर्दै भनेका छ्न ,राष्ट्रपति मादुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनताले निकै सकसपुर्ण आर्थिक संकट खेप्मु परेको थियोे । आज आधिकारिक रूपमा नेसनल अंसेवली पार्टीका अध्यक्ष खुवान गोइदोको भेनेजुयलाको अन्तरिम राष्ट्रपतिमा स्वीकार गर्दछु ।

भेनेजुयलामा राष्ट्रपति निकालेस मादुराको विरुद्धमा हजारौ नागरिकले विरोध पर्दशन जारी राखेका थिए । जारी पर्दशनको गोइदोले नेतृत्व गरेका थिए । उनले बुधबार राजधानी कराकासमा आफुलाइ देशको कार्यकारी राष्ट्रपतिको रूपमा घोषित गरेका हुन ।

यसै महिनाको शुरुआतमा निकालोस मादुरोले दोस्रो कार्यकालको लागि राष्ट्रपतिको सपथ लिएका थिए । हालै सम्पन्न निर्वाचनको बेला उनीमाथी मतदानमा गडबडी गरेको आरोप लागेको थियो ।

उनको नेतृत्वमा बितेका कैयौ बर्षहरु भेनेजुयलामा आर्थिक सङ्कट सृजना भएको थियो । बढ्दै गएको आर्थिक सङ्कटले नागरिकहरु खान बस्न र औसधिको समस्याले देशबाटै पलाअएन समेत भएका थिए ।

गोइदो त्यहास्थित नेशनल असेबली पार्टीका अध्यक्ष हुन । उनले यसअघि नै सरकार विरुद्धको आन्दोलनमा होमिन नागरिक लाई अपिल गरेका थिए । मानवअधिकारवादी संस्थाका अनुसार सरकार विरुद्धको आन्दोलनका क्रममा एक रातमा कम्तीमा पनि चार जनाले ज्यान गुमएका छ्न ।

अर्गनाइजेसन अफ अमेरिकन स्टेटले पनि गोइदोलाई भेनेजुयलाको कार्यकारी राष्ट्रपतिमा स्वीकार गरेको जनाएको छ । – बीबीसी

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     3:36:48 AM  |

प्रतिक्रया दिनुहोस्