कांग्रेस आइको महासचिवमा सोनीया गान्धीकी छोरी प्रियन्का गान्धी नियुक्त

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेस आइको पार्टीको महासचिवमा प्रियन्का गान्धी भद्रालाई नियुक्त गरिएको छ ।

उनले  पूर्वी उत्तर प्रदेशको पार्टीको काम हेर्नेछन् । उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीले प्रियन्कालाई सो पदमा नियुक्त  गरेका हुन् ।  प्रियन्का अब  गोरखपुर वाराणसी लगायतका क्षेत्रमा पार्टीको गतिविधिमा नेतृत्वदायी भूमिकामा रहनेछन् । वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र पनि हो ।

प्रतिक्रया दिनुहोस्