24 August 2019  |   शनिबार, भदौ ७, २०७६

सरकारविरुद्ध गगन थापाको डरलाग्दो चेतावनी ,भन्छ्न संसद बैठकमा मुठभेड हुनसक्छ !

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले सरकार विरुद्ध डरलाग्दो चेतावनी दिएका छ्न । उनले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलिको संसद बैठकमा मुठभेड हुन सक्ने चेतावनी दिएका हुन ।

थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरी संसदीय मूल्य मान्यता विपरित गतिविधि गरेको उल्लेख गर्दै यस्तो कदम मान्य नहुने स्पष्ट पारे । बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास भएकोप्रति असन्तुष्टि जनाए ।

थापाले माघ ११ गते शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले आफूसँग परामर्श गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने विश्वास व्यक्त गरे । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न सरकारलाई दवाव दिएका थिए ।

 

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     6:51:28 PM  |

प्रतिक्रया दिनुहोस्