20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

विद्यालय बन्द गरेर खर काट्दै अभिभावक विद्यार्थी

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

बर्दिया । खरखडाई काट्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज तीन दिनका लागि खुला गरिएको छ । निकुञ्ज मध्यवर्ती क्षेत्रका करिव पैतीस हजार जनता निकुञ्जमा खरखडाइ कटाइमा लागेका छन् ।

माघ १० देखि १२ गतेसम्म तीन दिन खरखडाईका लागि निकुञ्ज खुल्ला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज स्रोतका अनुसार निकुञ्ज प्रवेशका लागि ठाकुरद्धारा, मोतीपुर, पाताभार, गोला, आम्बासा, भुरिगाउँ ,सैनवार, परेवावडार,रम्मापुरलगाएत ३५ वटा नाकाबाट निकुञ्ज प्रवेश खुला गरिएको छ । खरखडाईका लागि करिव ३५ हजार पुर्जी वितरण गरिएको निकुञ्ज प्रशासनले जनायो ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ । यस वर्ष बाँके र बर्दिया निकुञ्जमा एकै साथ खरखडाई खुला गरिएको छ । निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाई, सेठा, कुचो र बाबियोलगायतका सामग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

खरखडाईका लागि राजश्ववापत प्रतीव्यक्ति ५० रुपैँया(भ्याटसहित) र संरक्षण चन्दा शुल्क २० रुपैँया गरी जम्मा ७० रुपैँया शुल्क निकुञ्जले लिने गरेको छ ।

मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यक्तालाई मध्यनजर गरि हरेका वर्ष पुस तथा माघ माहिनामा केही दिनका लागि निकुञ्ज खुला गर्ने गरिन्छ

निकुञ्ज प्रवेशका लागि विहान ७ बजेदेखि साझ ५ बजेसम्मको समय तोकिएको छ । निकुञ्जमा खरखडाई खुलेपछि निकुञ्ज मध्यवर्ती क्षेत्रका विद्यालयसमेत बन्द भएका छन् । हरेक वर्ष विद्यार्थीहरु अभिभावकसँग खरखडाई काट्न जाने भएकाले विद्यालय बन्द गर्नुु परेको विद्यालयहरुले जनाएका छन् ।

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     6:55:01 PM  |

प्रतिक्रया दिनुहोस्