23 September 2019  |   सोमवार, अशोज ६, २०७६

१ हजार जरिवानाविरुद्ध फणिन्द्र नेपालले गरे पुनरावेदन

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता  फणीन्द्र नेपालले रु १ हजार जरिवानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा पुनरावेदन दर्ता गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले गत मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा रु। १ हजार जरिवाना हुने फैसला गरेको थियो ।

नेपालले आफूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले त्रुटिपूर्ण र गैरकानुनी रुपमा कसुरदार ठहर गरेको भनी  जिल्ला अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।

ग्रेटर नेपाल अभियानमा विगत १५ वर्षदेखि सक्रिय रुपमा लागेका नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी गरेको विषयमा नेपाली जनता समक्ष माफी माग्नुपर्ने र सुगौली सन्धिमा गुमेको नेपालको जमिन भारतको नियन्त्रणमा रहेकोमा उक्त जमिन नेपाललाई फिर्ता गर्नुपर्ने माग पुरा गराउन  दबाबस्वरूप  मिति २०७५ भाद्र १४ गते नेपालको एयरपोर्टमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाउन भनी  जान लाग्दा प्रहरीले पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसूर लगाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

उनले पुनरावेदन पत्रमा ‘मैले नेपाल–भारत सम्बन्धमा खलल पुर्याउने कुनै पनि त्यस्तो कार्य गरेको छैन । मैले नेपाली जनता, नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षार्थ नै आफ्नो गतिविधि र कार्य गर्दैआएको हुँ ।’ भन्दै  शान्तिपूर्ण ढंगबाट आफ्नो माग राख्न खोज्दा आफमाथि  मुद्दा चलाई सजाय गरेकोमा सफाइको माग गरेका छन् । –रासस

 

 

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     7:03:10 PM  |

प्रतिक्रया दिनुहोस्