12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

चिसोले कठ्याङ्ग्रिएर गयो ज्यान

    | प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५  

खलङ्गा । चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ । 
उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर बुधबार मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले जानकारी दिए ।

पठमाराबाट राडीपाखी खरिद गरी जोडू गाउँ जान हिँडेका बुढा नाकुल्लीमा हिमपातमा परेका थिए । बाक्लो हिउँ परेका कारण उनको शव घर लैजान नसकिएको र घटना स्थलमै दाह संस्कार गरिएको बुढाले जानकारी दिए । रासस

 

प्रकाशित मितिः बिहिबार, माघ १०, २०७५     7:06:34 PM  |

प्रतिक्रया दिनुहोस्