23 August 2019  |   शुक्रबार, भदौ ६, २०७६

वाइड बडी विमान खरिद प्रकरण-विस्तृत छानबिन अख्तियारले गर्ने

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ ।  ‘यसै साता आयोगको बैठकले वाइड बडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ, अनुसन्धान अधिकृतहरूसमेत तोकेर काम अघि बढिसकेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमबाट केही फाइल मगाइएको छ। त्यसको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयानसमेत सुरु हुनेछ।’

अख्तियारले इन्जिनियर, कानुन र लेखा समूहका अधिर्कतको टोली बनाएरु अनुसन्धान अघि बढाएको छ। –कान्तिपुर दैनिक

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     6:57:53 AM  |

प्रतिक्रया दिनुहोस्