23 September 2019  |   सोमवार, अशोज ६, २०७६

संसदमा तनावको पूरै तयारी,के होला आज संसद्मा ?

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रति देखिएको सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण आज शुक्रबार बस्ने प्रतिनिधिसभा(संसद्) बैठकमा तनाव हुनसक्ने देखिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटा र पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाका अभिव्यक्तिले उक्त द्वन्द्वमा घ्यू थप्ने काम गरेको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूको जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारलाई अधिनायकवादी नै भनिए पनि उक्त विधेयक पारित गराएरै छाड्ने र सभामुख तटस्थ नबने काँग्रेसले शक्ति देखाउने भन्ने सांसद् थापाको ‘एन्टि करेन्ट’ अभिव्यक्तिले मुठभेड नै हुने आशङ्का बढाएको छ ।

उक्त विधेयक आज (शुक्रबार) कै बैठक पेश गर्न शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले प्रस्तुत गर्ने गरी कार्यसूची बनाइएको छ ।
काँग्रेस संसद्का कारण केही दिनदेखि बैठक अवरुद्ध छ । कार्यसूचीमा रहेका धेरैवटा विधेयक प्रस्तुत गर्ने तालिका हटाएर मंगलबारको बैठक पनि यही विधेयकसम्बन्धी कार्यसूचीमात्र राखिएको थियो । सोमबार र मंगलबारको २ वटा बैठकमा विधेयक पेश गर्र्नै नसकेपछि सरकारले यसलाई आफ्नो इज्जत ठानेको छ भने प्रतिपक्षी काँग्रेसले सरकारलाई झुकाउने गतिलो अस्त्र यही मूद्दा देखेको छ । एक किसिमले भन्ने हो भने आफूलाई अब्बल लोकतान्त्रिक भन्ने नेकपा र काँग्रेसले आफैँ संसदीय अभ्यासको खिल्ली उडाउन थालेका छन् । संसद्को सामान्य नियमलाई पनि ध्यान दिएका छैनन् ।– nepal samacharpatra

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     7:00:30 AM  |

प्रतिक्रया दिनुहोस्