8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

अनुदानको चामल निजी व्यापारीको भन्दा महंगोमा बिक्रि

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं। न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल ने महंगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो ।

संस्थान स्रोतका अनुसार हम्लामा संस्थानले तोकेको  र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि प्रतिकिलो ६१ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो वर्ष तोकेको मूल्य अहिले पनि निरन्तर छ,’ संस्थानका एक अधिकारीले भने, ‘निजी व्यापारीले प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँमा बिक्री गरेका छन् । जसले गर्दा अनुदानको चामलमा आकर्षण भएन ।’ कान्तिपुर

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     7:08:30 AM  |

प्रतिक्रया दिनुहोस्