14 October 2019  |   सोमवार, अशोज २७, २०७६

आगामी वर्ष पानीजहाज आउँदै,नेपालीको वर्षौँदेखिको सपना अब पूरा हुने

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । नेपालका नदीमा पानीजहाज सञ्चालन भएको हेर्ने नेपालीको वर्षौँदेखिको सपना अब पूरा हुने भएको छ। सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको हो।

पानीजहाज सञ्चालनका लागि सरकारले यससम्बन्धी कार्यालय स्थापना गर्ने निर्णय एक साताअघि नै गरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीजहाज कार्यालय स्थापनासँगै जहाज सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने  जल तथा ऊर्जा आयोगले जनाएको छ।

आयोगका सहसचिव माधव बेलबासेले भने, ‘कार्यालय स्थापनासँगै योसम्बन्धी प्रक्रिया अघि बढ्छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानीजहाज ल्याउने तथा रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो। सोही सम्झौताअनुसार नेपालले पानीजहाज सञ्चालन गर्न लागेको हो। -राजधानी दैनिक

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     7:25:23 AM  |

प्रतिक्रया दिनुहोस्