23 September 2019  |   सोमवार, अशोज ६, २०७६

वडामहारानी कोमल शाहको ६९औ शुभ जन्मोत्सव झापामा मनाइने

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौ । पुर्व रानी कोमल राज्यलक्ष्मी देवि शाहको शुभ जन्मोत्सव यसपटक झापामा मनाइने भएको छ ।

दरबार निकट स्रोतका अनुसार उहाँको ६९ औ शुभ जन्मोत्सवको तयारी भव्यरुपमा थालिएको छ । शुभ जन्मोत्सवका लागि गत शनिबार नागरिक मुल समारोहकाे कार्यालयमा वरिस्ठ समाजसेवी शान्ता श्रेष्ठकाे अध्यक्षतामा जन्मोत्सव नागरिक मुल समारोह समिति गठन गरिएको थियो ।

जन्मोत्सवका लागि समितिले आफ्नो तयारी तिब्र थालेको जनाइएको छ । शाहको ६९ औ शुभ जन्मोत्सव फागुन ६, ७ र ८ गते विविध कार्येक्रमहरु गरि मनाउने तयारी भएकाे छ । श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको शुभजन्मदिन फागुन ७ गते पर्दछ ।

दरवार स्रोतले जनाए अनुसार पुर्व राजारानी यही १३ गते बाराको सिमरा सवारी हुने कार्यक्रम छ । उहाहरु सिमराको भ्रमणपछि २० गते झापा जाने कार्यक्रम छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     12:44:07 PM  |

प्रतिक्रया दिनुहोस्