22 September 2019  |   आइतवार, अशोज ५, २०७६

सञ्चारकर्मी तथा सर्जक रेग्मीको शब्दमा भुल्दै भुल्दै जानु (भिडियो सहित)

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । सञ्चारकर्मी तथा सर्जक कल्पना रेग्मीको शब्द संकलनमा मार्मिक लोकदोहोरी गीत भुल्दै भुल्दै जानु सार्वजनिक भएको छ।

डिशहोमको रमाइलो टिभीमा चर्चित कार्यक्रम झुम्की शो, लोकभाका र रेडियो अन्नपूर्णमा लोकगीतसँग सम्बन्धित कार्यक्रम शुसेली सञ्चालन गर्दै आईरहेकी सञ्चारकर्मी रेग्मीको शब्द संकलनमा थुप्रै गीतहरू बजारमा आइसकेका छन् । जुन गीतहरू चर्चाको शिखरमा छन् ।

उनै सर्जक कल्पना रेग्मीको शब्द संकलनमा यो गीत तयार भएको हो। रामचन्द्र चन्दको लय र बि.बि. अनुरागीको एरेन्ज रहेको यो गीत लोकप्रिय गायिका विष्णु माझी र गायक रामचन्द्र चन्दको आवाजमा सजिएको छ। यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ् गरेका हुन् भने पृज्म डिजिटलमा रेकर्ड गरिएको हो।

गायक, सर्जक तथा निर्देशक हुम गैरेको निर्देशन र सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा लीला गिरी, धिरज खत्री र रविन शाहको मर्मस्पर्शी अभिनय रहेको छ भने म्युजिक भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन्।

विशाल मुभिज प्रा.लि.ले दृष्य निर्माण गरेको यस गीतलाई शैली क्रियशन प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो। शैली क्रियशनको आफ्नै युट्युब च्यानल मार्फत यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

सञ्चारकर्मी तथा सर्जक कल्पना रेग्मी लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     4:49:00 PM  |

प्रतिक्रया दिनुहोस्