20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

सरकारसंग झन रिझियो काङ्ग्रेस,मुलुक ठप्प हुनेगरी आन्दोलन गर्ने चेतावनी

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध ससक्त आन्दोलनको घोषणा गर्ने भएको छ ।

माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट सरकार विरुद्ध आन्दोलनको घोषणा गर्ने नेपाली काङ्ग्रेसले जनायो ।
सरकारले संसदबाट बहुमतको दम्भमा चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेस आधिकारिक रुपमै केन्द्रीय कार्यसमिति बैठकबाट आन्दोलनको घोषणा गर्ने स्थितिमा पुगेको  हो ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले कांग्रेसको अहिलेसम्मको शालिनतालाई कमजोरी ठानेकाले आगामी केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनको स्वरुप तय गरेर घोषणा गर्ने संकेत गरे ।

सरकारका गतिविधि, लोकतान्त्रिक मूल्यमान्यता विपरितका निर्णयको विरोधमा कांग्रेसले आन्दोलनको सुरुवात गरे मुलुक ठप्प नै हुने गरी आन्दोलन गर्ने प्रवक्ता शर्माको भनाइ थियो ।

प्रवक्ता शर्माले कांग्रेसका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण गरेको दाबी गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     6:38:45 PM  |

प्रतिक्रया दिनुहोस्