20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मुर्ति तस्करीमा

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

डोल्पा । डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचीन बौद्ध मुर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ । शे–फोक्सुण्डो गाँउपालिका, ४ राहाप गुम्बाबाट प्राचीन बौद्ध मुर्ति र स्तुपा तस्करी गरेको अनुसन्धानबाट खुलेको हो ।

राहाप गाउँपालिकाबाट हराएको ३८ थान मुर्ति र स्तुपा चोरीमा उपाध्यक्ष गुरुङ मुख्य नाइके भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले बताए ।

 

मुर्ति चोरीमा संलग्नलाई पक्राउ गर्न थालेपछि गुरुङ भारतमा लुक्दै आएको प्रहरीले जनाइको छ । मुर्ति चोरीमा संलग्न ४ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा शे–फोक्सुण्डो गाँउपालिका, ४ का ४१ वर्षीय उर्केन पासाङ, ४१ वर्षीय झयाम्पा छुल्डीम लामा, पासाङलुण्डुप गुरुङ र्पुपक्षका लागि जेल चलान भएका छन् ।

मुर्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई अध्यक्ष धरौटीमा रिहा भएका छन् । डोल्पोबुद्ध गाँउपालिका, ५ का वडा अध्यक्ष कार्मा गुरुङ वडा नम्बर ३ का छिरिङ धावा गुरुङ पचास हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

 

 

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     6:55:36 PM  |

प्रतिक्रया दिनुहोस्