21 August 2019  |   बुधबार, भदौ ४, २०७६

अपहरित दुई वर्षीया बालिका सन्ध्या साहको सकुशल उद्धार

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । सरकारी अस्पताल प्रसुति गृहमा कार्यरत चिकित्सक बबिता साहको दुई वर्षीया छोरी सन्ध्या साह अपहरणमा परेको केही घन्टामा नै प्रहरीले सकुशल अपहरण मुक्त गरेको छ ।

शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्यालाई अज्ञात अपहरण्कारीले अपहरण गरी बेपत्ता बनाएको केही घन्टामा नै अपहरण महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

परिसरका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले सन्ध्याको अपहरण गरेको खुलेको जानकारी दिएको छ ।

त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई तिलगंगाको होटल गणेश लैजादै गर्दा पक्राउ गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     8:48:38 PM  |

प्रतिक्रया दिनुहोस्