23 September 2019  |   सोमवार, अशोज ६, २०७६

धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

धनुषा ।  धनुषामा जन्ती बोकेको बसभित्र करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ। धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो। 

धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।

ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किएको हो। बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । थप विवरण आउन बाँकी छ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     9:04:23 PM  |

प्रतिक्रया दिनुहोस्