12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

बाँकेमा चट्याङ लागेर एकजनाको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

नेपालगन्ज । बाँकेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे २ बजेतिर पानीसंगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका नेपालगन्ज–२३ जंगली सिंहपुरवाका २८ वर्षीय गुलाम मोहम्मद दर्जीको उपचारको लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता समेत रहेका मुद्दा शाखाका प्रहरी निरिक्षक दिपक मल्लले चट्याङ लागेर घाइते अवस्थामा उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराए लगत्तै मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     9:16:23 PM  |

प्रतिक्रया दिनुहोस्