27 January 2020  |   सोमवार, माघ १३, २०७६

जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट,मृत्यु हुनेको संख्या सात पुग्यो

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

धनुषा। धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार बसमा करेन्ट लाग्दा सात जनाको मृत्यु भएको छ ।

सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको थियो ।

धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य १९ बढी घाइते भएका छन्। घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।

बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     10:11:11 PM  |

प्रतिक्रया दिनुहोस्