20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट,मृत्यु हुनेको संख्या ९ पुग्यो

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ ।

बिहेको जन्ती बोकेर उदयपुरबाट धनुषाको सबैलाधातर्फ आउँदै गरेको ना ५ ख१७ ५२ नम्बरको बस दुर्घटनामा परेको हो । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ९ जना जन्तीको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरीबहादुर पालले जानकारी दिनुभयो ।

घाइतेको संख्या एकिन नभएको र उद्धार कार्य जारी रहेको प्रहरी पालले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     10:14:40 PM  |

प्रतिक्रया दिनुहोस्