14 August 2019  |   बुधबार, साउन २९, २०७६

बाराका प्रजिअ चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु

    | प्रकाशित मितिः शनिबार, माघ १२, २०७५  

बारा ।बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ ।

कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा हुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लािग हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी छ ।भट्टराईको अवस्था गम्भिर रहेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः शनिबार, माघ १२, २०७५     9:57:28 PM  |

प्रतिक्रया दिनुहोस्