12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    | प्रकाशित मितिः शनिबार, माघ १२, २०७५  

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ डांगीहाट घर भएका मिलन ओझा रहेका छन् ।

ओझालाई जिल्ला प्रहरी कार्यालय, तेह्रथुम र महानगरीय प्रहरी वृत महाराजगञ्जको संयुक्त टोलीले बसुन्धारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेकबहादुर कार्कीले बताए ।

गोप्य सूचनाको आधारमा मिलन ओझालाई बसुन्धारा चौकी पछाडि एक घरको कोठाबाट पक्राउ गरिएको डिएसपी कार्कीले रातोपाटीलाई जानकारी दिए ।

२०७३ कात्तिक २३ गते ओझालाई जिल्ला अदालत तेह्रथुमले कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सजायको फैसला सुनाएलगत्तै उनी फरार रहेका थिए । ओझालाई आजै तेह्रथुम पठाइने र थप अनुसन्धान भइरहेको महाराजगञ्ज वृतले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, माघ १२, २०७५     10:02:31 PM  |

प्रतिक्रया दिनुहोस्