20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

प्रहरीकाे कुटाइबाट ५२ टाँका

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

काठमाडौं । प्रहरीको कुटाईबाट बाग्लुङ गलकोट– ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्। उनको आन्द्रामा ५२ टाँका लगाउनु परेको छ भने पिसाव थैलीसमेत फुटेको छ।

उनको प्यांक्रियाज (फियो) बिग्रिएको छ।  गलकोटका प्रहरी हबल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन्। स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्किने क्रममा २९ पुसको राती ९ बजे बस्नेतमाथि निर्घात कुटपिट भएको थियो ।

बस्नेतमाथि कुटपिट गर्ने थापा र विष्टलाई निलम्बन गरिएको बागलुङका एसपी दीपक रेग्मीले जानकारी दिए। बस्नेतको पोखरामा उपचार भइरहेको छ।-नयाँ पत्रिका

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     7:02:24 AM  |

प्रतिक्रया दिनुहोस्