26 August 2019  |   सोमवार, भदौ ९, २०७६

स्वाइनफ्लुका कारण ५ जनाको मृत्यु

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

काठमाडौँ । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले नेपाल समाचारपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा सन् २००९ मा यो रोग देखा पर्दा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लु भनेको थियो । अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा स्वाइनफ्लू अर्थात् फ्लू उल्लेख गरेको पाइन्छ । तर नेपाल सरकार रोग नियन्त्रण गर्नुको सट्टा शब्दमा खेलेर बसेको विज्ञहरुको आरोप छ ।हाच्छिउ गर्दा, खोक्दा, सिंगान बग्दा, सास फेर्दा, हात मिलाउँदा समेत सर्ने यति कडा रोगले मान्छे नै मर्दा सरकार सामान्य रुघाखोकीले बिरामी मरेको भनेर बस्नु दुःखद भएको उनीहरू बताउँछन् ।

काठमाडौँका धेरैजसो अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सकहरूले बिरामीका आफन्तलाई समेत फ्लुको भ्याक्सिन लिन सल्लाह दिएका छन् । केएमसी अस्पतालमा फ्लुको उपचार गराइरहेका बिरामीका आफन्तले कुरुवा बसेका आफन्तलाई खोप लगाएको बताए । उनीहरूले भने– ‘५ वर्षमुनिका बच्चा र बुढा मान्छे तथा अन्य रोगका बिरामी पनि टाढै बस्नुपर्ने रहेछ ।’-नेपाल समाचारपत्र

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     7:11:16 AM  |

प्रतिक्रया दिनुहोस्