12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

लिबियामा ५ नेपाली बन्धक बनाउने गिरोह पक्राउ

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

काठमाडौं । इटाली लैजाने भनी ५ नेपाली युवालाई लिबियामा बन्धक अवस्थामा अलपत्र पार्ने गिरोहका मुख्य एजेन्ट जितकाजी गुरुङलाई प्रहरीले शनिबार पोखरामा पक्राउ गरेको छ ।

रन्जित केसी(पर्वत), दिरास थापा(म्याग्दी) अमन लोजा(म्याग्दी)ओम गुरुङ र सुरेश केसी लिबियामा समातिएर एक महिनायता बन्धक अवस्थामा रहेको पीडितका परिवारले बताएका छन् ।

उनीहरुको उजुरीअनुसार गुरुङले जनही १५ लाख रुपैंयाँ लिएका थिए ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     7:20:18 AM  |

प्रतिक्रया दिनुहोस्